राम्रो मत ल्याएर चुनाव जित्छुः रमेश वस्नेत



२८ कात्तिक, रामेछाप ।
नेकपा एकीकृत समाजवादीबाट रामेछाप प्रदेश क का उम्मेदवार रमेश कुमार वस्नेतले आफ्ले राम्रो मत ल्याएर निर्वाचन जित्ने दावी गरेका छन् । रामेछाप न्युजसँग कुराकानी गर्दै उनले चुनावी अभियानको क्रममा आफ्नो पार्टीको पक्षमा जनलहर बढेको बताउदै चुनाव जित्नेमा आफू ढुक्क रहेको बताएका हुन् ।

उनले भने,‘प्रदेश क मा त्रिपक्षिय प्रतिस्पर्धा हुन्छ, कांग्रेस र एमालेको असन्तुष्ट पक्षको मतसहित चुनाव जित्छु ।’ रामेछापमा कांग्रेस र माओवादीबीच मात्र सिट बाँडफाडमा सहमति जुटेपछि एक सिट दावी गर्दै आएको एकीकृत समाजवादीले नपाएपछि छुट्टै  उम्मेदवारी दर्ता गराएको थियो । प्रतिनिधिसभा र प्रदेश ख मा दिएको उम्मेदवारी निस्क्रिय पारेपनि प्रदेश क मा वस्तेतको उम्मेदवारी भने कायमै छ । ठूलो चुनावी सभा नगरेको एकीकृत समाजवादीले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्