कर्णाली प्रदेशका पर्यटन दुत मंसिर १ गते शैलुङ्ग आउने



२९ कात्तिक, रामेछाप ।
माथि माथि शैलुङ्गेमा चौंरी डुलाउने… गीत राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित बन्न पुग्यो । उक्त गीतले लक्षित गरेको शैलुङ्ग पनि आज आन्तरिक एवं बाहय पर्यटकको लागि चर्चाको गन्तव्य बनेको छ । शैलुङ्ग धार्मिक, सांस्कृतिक, प्राकृतिक जैविक विविधता भरिपूर्ण छ । वातावरणीय रुपमा निकै सुन्दर र उत्कृष्ट पनि । रामेछाप र दोलखाको संगमस्थल शैलुङ महाभारत श्रंखलाको सवै भन्दा उच्च रमणिय स्थल हो ।
शैलुङ्गको थप पर्यटन प्रबद्र्धन गर्नको लागि मंसिर १ गते कर्णाली प्रदेशको पर्यटन दुत भरतवन्धु थापा सहितको टोली शैलुङ्ग आउने भएको छ । फोटो पत्रकार थापा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान रहेको व्यक्तिको रूपमा परिचित छन् । कर्णाली प्रदेशको पर्यटन प्रर्वधन अर्न्तगत विशेषत राराताल, शे–फक्सुण्डो, ढोरपाटन मनाङ, मुस्ताङ लगायत अन्य जिल्लाको गन्तव्य समेत पर्यटन क्षेत्रमा उजागार हनुमा उनको योगदान रहेको छ । पर्यटन क्षेत्रको लेखकको रुपमा समेत परिचित थापाले टान सगरमाथा जर्नलिज्म अर्वाड, हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, दावा नुर्बु पत्रकारिता पुरस्कार, जनसेवाश्री पदकले समेत विभूषित भइसकेका छन् ।

वाईल्ड वेष्ट नेपाल २०१३, गन्तव्य कर्णाली २०१९, कर्णाली २०२० , एक्सपोलर फार वेष्ट २०२१, तश्वीरमा नेपाल २०२२, गन्तव्य मध्यपुर २०२२ जस्ता कृतिहरु प्रकाशित भै सकेका छन् । पर्यटन क्षेत्रको अभियन्ता दावा सङ्बु शेर्पाको निमन्त्रणामा थापा शैलुङ्ग आउने भएका हुन् । भरतवन्धु थापाको शैलुङ्ग पाइला टेकाइले शैलुङ्ग क्षेत्र लगायत आसपासका रमाइलो गन्तव्यका तस्वीरहरु भरतवन्धु थापाको लेन्समा कैद हुनेछन भने पर्यटन क्षेत्रमा शैलुङ्गको प्रचार तथा सार्न्दभिकतामा थप उजागार एवं पर्यटन क्षेत्रको राष्ट्रिय महत्वपुर्ण योजनामा भित्र समावेश हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्