खाँडादेवी गाउँपालिकाको गोगनपानीमा एमालेको चुनावी सभा, चुनाव जित्ने ढुंगेलको दावी (फिोटोफिचर)



२९ कात्तिक, रामेछाप ।
नेकपा एमालेले खाँडादेवी गाउँपालिकाको गोगनपानीमा चुनावी सभा सम्पन्न गरेको छ । एमालेबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार कैलाश ढुंगेलको गाउँपालिकामा एमालेले च्ुनावी सभा सम्पन्न गरेको हो । आज सम्पन्न सभाबाट एमालेले संघ र प्रदेश दुवैमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दावी गरेको छ । जिल्लाबाट केन्द्रीय सदस्य रहेका नेता र जिल्ला तहका अधिकाशं नेता सहभागी कार्यक्रममा उम्मेदवारहरु उत्साहित भएका छन् । जिल्ला तहमा आयोजना गरेको मध्ये सम्भवत खाँडादेवी गाउँपालिकामा मंगलवार आयोजित कार्यक्रम ठूलो भएको एमालेका एक नेताले बताए । दुई दिन अघि मात्र सत्ता गठबन्धनले चुनावी सभा गरेकै स्थानमा आज एमालेले आफ्नो शक्ति प्रर्दशन गरेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा एमालेको जितलाई सत्ता गठबन्धनले रोक्न नसक्ने बताए । उनले आफुनो पार्टी जनताको बलमा खडा भएको बताउदै उनले स्वार्थको गठबन्धनले रामेछापको विकास गर्न नसक्ने बताए । ढुंगेलले भने,‘रामेछापको विकासमा एमालेले ठूलो योगदान गरेको छ, एमालेकै कारण अहिले रामेछापमा विकासले फडको मारेको छ, बाँकी अधुरो काम पूरा गर्नका लागि एमाले नै आवश्यक छ, जनताले यस पटक पनि विकास गर्ने पार्टीलाई नै भोट दिएर विजयी गराउछन ।’

प्रतिक्रिया दिनुहोस्