एमाले भन्दा गठबन्धन बलियो छ, चुनाव जित्नेमा ढुक्क छुः नारानारायण श्रेष्ठ



३० कात्तिक, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछाप प्रदेश क का साझा उम्मेदवार तारानारायण श्रेष्ठले चुनाव जित्नेमा आफू ढुक्क रहेको बताएका छन् । उनले रामेछापको विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको बताउदै गठबन्धन बलियो रहेकाले चुनाव जित्नमा आफू ढुक्क रहेको बताएका हुन् ।

नेकपा एमालेको भन्दा दोब्बर बढी जनमत गठबन्धनप्रति रहेको बताउदै श्रेष्ठले आफूहरुको जित सुनिश्चित जस्तै भइसकेको दावी गरे । गठबन्धने जनतामा लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएकाले पनि रामेछापमा निर्वाचन जित्न गठबन्धनका उम्मेदवारहरुलाई कुनै समस्या नरहेको बताउदैउनले गठबन्धनप्रतिको जनलहर देखेर एमालेले आत्तिएको बताए ।

विगतमा संविधानसभा सदस्य हुँदा पनि जिल्लाको विकासको लागि काम गरेको बताउदै आफू जिल्लाको विकास निर्माणको काममा सधै अग्रसर भएर लागेको बताए । रामेछापको प्रदेश क को विकासका लागि जलविद्युत आयोजना नै प्रमुख रहेको बताउदै श्रेष्ठले सडक लगायतका पूर्वाधार निर्माणको काममा आफूले विशेष ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्