रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसक्योः कान्छराम



३० कात्तिक, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेवार नेपाली कांग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा गठबन्धनको विजयी सुनिश्चित भएको बताएका छन् । उनले चुनावी अभियानको क्रममा रामेछापवासीले देखाएको सहभागीता र गठबन्धनभित्र रहेको मतको कारण आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै उम्मेदवार तामाङले भने,‘एमालेलाई फराकिलो मतान्तरले हराउछौ, रामेछापमा संघ र दुवै प्रदेश सभा सदस्य जित्छौं ।’ रामेछाप जिल्लाको विकास र संविधानको रक्षाका लागि पनि गठबन्धनले जित्नु पर्ने बताउदै उनले गठबन्धनले जितेपछि रामेछापमा विकास कस्तो हुन्छ भनेर नमूना प्रस्तुत गर्ने बताए । तामाङले निर्वाचनमा पूरा नहुने सपना नदेखाइएको बताउदै पूरा हुने प्रतिबद्धता मात्र जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्