रामेछापमा जस्तोसुकै गठबन्धन भएपनि एमालेले जितेरै छोडछः कैलाश ढुंगेल



३० कात्तिक, रामेछाप ।
नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा जस्तोसुकै गठबन्धन भएपनि आफ्नो पार्टीले चुनाव जितेरै छोडने बताएका छन् । उनले एमाले जनताको बलमा खडा भएको पार्टी भएको बताउदै वैशाखी टेकेर निर्माण भएको गठबन्धनलाई सहजै पराजित गर्ने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै ढुंगेलले भने,‘चुनावी अभियानको क्रममा जनताले एमालेलाई निकै माया गरेका छन, मन पराएका छन, रामेछापको विकासको जग हाल्ने र विकास गर्ने पार्टीलाई भोट हालेर जिताएर पठाउछन ।’ एमालेले जित्दा जिल्लाको विकास कसरी हुन्छ भन्ने कुरा आफूहरुले काम गरेर प्रमाणित गरेको बताउदै अबको पाँच बर्षमा रामेछापका सबै मुख्य सडक कालोपत्रे गरिनेृ बताए । जिल्लाको विकास गर्ने आफूहरुसँग स्पष्ट लक्ष्य र योजना रहेको बताउदै अहिलेको गठबन्धन स्वार्थको गठबन्धन भएकाले गठबन्धनबाट जिल्लाको विकास हुने आश गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्