रामेछापवासीलाई निर्धक्क भएर मतदात गर्न शर्माको आग्रह



३ मंसिर, रामेछाप ।
रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न रामेछापवासीलाई आग्रह गरेकी छिन् ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउदै उनले ढुक्क भएर मतदान गर्न आग्रह गरेकी हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै शर्माले भनिन,‘हरेक मतदाताले ढुक्क भएर भयरहित ढंगले मतदान गर्ने व्यवस्था मिलाइएको छ, हरेक मतदाताले आफ्नो विवेक प्रयोग गर्नुहोस ।’शर्माले जिल्लाको सबै मतदान स्थल र मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुद्ध रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्