रामेछापभित्रका मतदान केन्द्रमा विवाद भए १५ मिनेटमै थप सुरक्षाकर्मी पुग्छनः सिडियो रेग्मी



३ मंसिर, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको बताएका छन् । उनले जिल्लाभित्र ढुक्क भएर मतदान गर्न सकिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै प्रजिअ रेग्मीले भने,‘चुनावका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरेका छौं, कुनै पनि मतदान केन्द्रमा यदी विवाद देखिएको अवस्थामा १५ मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने गरी सुरक्षाकर्मी राखेका छौं ।’
आवश्यक सुरक्षाकर्मी सदरमुकाम मन्थलीमा तयारी अवस्थामा राखिएको बताउदै भयरहित ढंगले मतदान गर्न रामेछापवासीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्