भक्तपुरमा पानी ट्याङ्करको ठक्करबाट रामेछापका ७ बर्षिय बालकको मृत्यु



३ मंसिर, भक्तपुर ।
भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुलस्थित सडकमा झौखेलबाट ब्यासीतर्फ जाँदै गरेको बा.५ ख ९१४२ नम्बरको पानी ट्याङ्करको ठक्करबाट रामेछाप सुनापाति गाउँपालिका– ४ घर भएका रबिन्द्र तामाङको छोरा ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको छ । आज बिहान पानी ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पानी ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्