ग्राफिक्समा हेर्नुहोस रामेछापमा आज हुने निर्वाचन



ग्राफिक्सः विवेश श्रेष्ठ

३ मंसिर, रामेछाप ।
भोली देशभर एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट साँझ पाँच बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयार पूरा भएको बताएको छ । रामेछापमा भोली हुने निर्वाचनका लािग पनि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले रामेछाप न्युजलाई बताइन ।

निर्वाचनमा रामेछाप जिल्लाभित्र २५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी १८ सय १४ जना निजामती कर्मचारी परिचालन गरिएको छ । कुल १ लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा एउटा प्रतिनिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । ९६ मतदान स्थल र २२८ मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप न्यजुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्