निर्वाचन आयुक्त, गृह सचिव र सुरक्षा निकायका प्रमुखद्धारा रामेछापको मतदान स्थलको अवलोकन



३ मंसिर, रामेछाप ।
भोली हुने निर्वाचनको अवस्थाको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव विनोद प्रकाश सिंह सहित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अाज रामेछापको सुरक्षा स्थितिको बारेमा स्थलगत जानकारी लिएको छ । सदरमुकाम मन्थलीमा आयुक्त भण्डारी, सचिव सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालसहित आएको टोलीलाई रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मासँग जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए ।

त्यस लगत्तै सचिव सिंहसहित सुरक्षा निकायका प्रमुखसहितको टोलीले संवेदनशिल मानिएको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वराको खारपानी  माविमा कायम गरिएको मतदान केन्द्रको स्थलगत अनुमगन गरेको थियो । मतदान केन्द्रको अवस्था बुझन आएको टोलीलाई स्थानीयले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्