रामेछापमा शान्तिपूर्ण ढंगले मतदान सुरु



४ मंसिर, रामेछाप ।
रामेछापमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको छ । मतदान गर्नको लागि मतदाताहरु मतदान केन्द्रमा भिड लागेको छ । चुनावमा रामेछापबाट यस पटक १ लाख ८० हजार १०६ मतदाता रहेका छन् ।

९६ मतदान स्थल र २२८ मतदान केन्द्रमा एकै पटक मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मन्थलीले जनाएको छ । अधिकांश मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्