रामेछापमा अहिलेसम्म ४२ प्रतिशत मत खस्याे



४ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको जारी मतदानमा अहिले २ बजेर ४० मिनेट जादा करिब ४२ प्रतिशत मत खसेको छ ।

रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले अहिलेसम्म करिब ४२ प्रतिशत मत खसेको रामेछाप न्युजलाई जानकारी दिइन । उनका अनुसार कतिपय मतदान केन्द्रमा पचास प्रतिशत भन्दा बढी मत खसेको छ भने कतिपय मतदान केन्द्रमा ४२ प्रतिशत मत खसेको रिपोर्ट प्राप्त भएको छ । रामेछाप जिल्लामा १ लाख ८० हजार १०६ मतदान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्