रामेछापमा भोट हालेर घर फर्किएका दुई युवामाथि निर्धात कुटपिट



४ मंसिर, रामेछाप ।
भोट हालेर घर फर्किदै गर्दा रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि निर्धात कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको पीडित युवाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको र अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । उनले घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्