रामेछापमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, करिब ४५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान



४ र्मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । रामेछापको ९६ मतदान स्थल र २२८ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझा ५ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जिल्लाभित्र कुनै पनि विवाद विना शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको रामेछाप न्युजलाई जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले मतदान केन्द्रमा खसको मतको तथ्याङक संकलन गरिरहेको छ । एक कर्मचारीका अनुसार जिल्लामा पैतालिस प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेका छौ, केही ठाउँबाट विवरण लिन नै बाँकी रहेको छ । केहीबेरमा खसको मतको प्रतिशत सार्वजनिक गछौं ।

प्रतिक्रिया दिनुहोस्