रामेछापमा ४९.३८ प्रतिशत मत खस्यो



४ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा आज सम्पन्न निर्वाचनमा ४९.३८ प्रतिशत मत खसेको छ । जिल्लाको आठ वटा स्थानीयमा रहेका २२८ वटा मतदान केन्द्र मार्फत आज सम्पन्न निर्वाचनमा ८८ हजार ९३३ जना मतदाताले मतदान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई जानकारी दिए । रामेछापमा कुल मतदाता १ लाख ८० हजार १०६ जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्