निर्वाचनमा उत्साहित देखिएनन रामेछापका मतदाता, गत निर्वाचन भन्दा ८ प्रतिशत कम मत खस्यो



४ मंसिर, रामेछाप ।
रामेछापमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । जिल्लाको कुल १ लाख ८० हजार १०६ मतदाता मध्य ८८ हजार ९३३ अर्थात ४९.३८ प्रतिशत मात्र खसेको छ । २०७४ सालको निर्वाचनमा रामेछापमा ५७.७३ प्रतिशत मत खसेको थियो । गत निर्वाचन भन्दा यस पटक ८.३५ प्रतिशत कम मत खसेको छ ।

निर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । स्थानीय तहको निर्वाचन भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम मत खसेको हो । यस पटक जिल्ला निर्वाचन कार्यालयले करिब ६० प्रतिशत मत खस्ने पूर्व अनुमान गरेको थियो । तर यस पटक पचास प्रतिशत पनि मतदान हुन सकेन । राजनीतिक दलप्रतिको वितृष्णा, वैदेशिक रोजगारी र मतदाता शिक्षाको कारण कम मत खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्