रामेछापको मन्थलीमा मतपेटीका बुझाउनेकाे लाइन (फोटोफिचर)



४ मंसिर, रामेछाप ।
निर्वाचन सम्पन्न भएसँगै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकासहितका स्थानीय तहमा खसेको मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा बुझाउने क्रम सुरु भएको छ । साँझबाट मतपेटीका बुझाउने काम सुरु भएसँगै मतगणना स्थल जिल्ला मालपोत कार्यालयमा भण्डारण गर्ने क्रम सुरु भएको हो । मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाबाट मतपेटीका मन्थली आइपुगेको छ ।

त्यसैगरी सुनापति गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाबाट पनि मतपेटीका मन्थली ल्याउने क्रममा रहेको छ । आज सम्पन्न निर्वाचनमा रामेछापमा ८८ हजार ९३३ प्रतिशत मत खसेको छ । भोली दिउसोसम्म मतपेटीका संकलनको काम सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको काम सुरु गर्ने मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले रामेछाप न्युजलाई जानकारी दिइन । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना छुट्टाछुट्टै स्थानमा हुनेछ ।

तस्बीरः भिम श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्