रामेछापमा मतपेटीका बुझाउने क्रम अझै जारी, आजैबाट मतगणनाको तयारी



५ मंसिर, रामेछाप ।
रामेछापमा विभिन्न मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम मन्थली ल्याउने क्रम जारी छ । हिजो साँझबाटै जिल्ला मालपोत कार्यालयमा मतपेटीका बुझाउने क्रम सुरु भएको थियो । रातभर मतपेटीका बुझाउने क्रम जारी रहेको छ । त्यसैगरी अहिले पनि मतपेटीका बुझाउने क्रम सकिएका छैन् ।

सदरमुकामबाट टाढा रहेको दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारा, उमाकुण्ड गाउँपालिकाको गुम्देल लगायतको ठाउँबाट पनि मतपेटीका मन्थली ल्याउने क्रम जारी रहेको छ । मतपेटीका रुजु गर्ने काम आज नै सम्पन्न भएको अवस्थामा सर्वदलीय बैठक मार्फत आजै साँझबाट मतगणनाको काम सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्