भक्तपुरमा महेश वस्नेत भन्दा दुर्लभ थापाको अग्रता



५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् । उक्त क्षेत्रमा यसअघि महेश वस्नेतले विजयी हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्