रामेछापमा सर्वदलीय बैठक बस्दै, साँझबाट मतगणना सुरु हुने



५ मंसिर, रामेछाप ।
रामेछापमा मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको छ । रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको रामेछाप न्युजलाई जानकारी दिइन । उनका अनुसार सर्वदलिय बैठकबाट हुने निर्णयको आधारमा आज साँझबाट मतगणना प्रक्रिया अघि बढाइने भएको छ ।

मतगणना गर्नको लागि जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि छुट्टा छुट्टै मत गणनास्थल तयार गरिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ । रामेछापमा ८८ हजार ९३३ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्