मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, थकाली विजयी



५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली  विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन  रहे । मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ । हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्