रामेछापमा मतगणना सुरु हुन अझै ढिलाइ



५ मंसिर, रामेछाप ।
रामेछापमा अहिले ९ः३० बाट मतगणना गर्ने निर्णय भएपनि अझै सुरु हुन सकिरहेको छैन् । राजनीतिक दलका प्रतिनिधिहरु अहिले मतगणना स्थल जिल्ला मालपोत कार्यालयको भवनभित्र प्रवेश गर्ने क्रम सुरु भएको छ । आज दिउसो नै मतपेटीका रुजु गर्ने काम सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर ९ः३० मा मतगणना गर्ने सहमति भएको थियो । मतगणना स्थल बाहिर राजनीतिक दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहे पनि अझै मतगणनाको काम भने सुरु हुन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्