एमालेले खाता खोल्यो, ललितपुर २ बाट महर्जन विजयी



५ मंसिर, रामेछाप ।
नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा पहिलो खाता खोलेको छ । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याउदा प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् । गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्