रामेछापमा उमाकुण्ड गाउँपालिकाबाट मतगणना सुरु



५ मंसिर, रामेछाप ।
रामेछापमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार रामेछापको प्रदेश क को उमाकुण्ड गाउँपालिकाबाट मतगणना सुरु भएको हो । चार वटा मतगणना स्थलमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको एकै पटक मतगणना हुनेछ । रामेछापमा ८८ हजार ९३३ मत खसेको छ । जस मध्ये प्रदेश सभा क मा ३६ हजार ७६९ र प्रदेश सभा ख मा ५० हजार ७२८ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्