रामेछापको मतगणना स्थलमा ११ वटा सिसी क्यामेरा जडान, सुरक्षाकर्मीसँगै सिसी क्यामेराबाट पनि निगरानी हुने



५ मंसिर, रामेछाप ।
रामेछापमा मतदान सम्पन्न भएको तीस घण्टापछि मतगणना गर्ने प्रक्रिया सुरु हुन लागेको छ । जिल्ला मातपोतको कार्यालय मन्थलीमा मगणना स्थल रहेको छ । मगणना स्थलमा कुनै पनि विवाद हुन नदिन सुरक्षाकर्मीसँगै सिसी क्यामेरा समेत जडान गरिएको छ । मतगणना स्थलमा ११ वटा सिसी क्यामेरा जडान गरेर निगरानी सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले मतदान स्थलको सुरक्षा व्यवस्थालाई ध्यान दिएर ११ वटा सिसी क्यामेरा जडान गरेर निगरानी भइरहेको रामेछाप न्युजलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्