काठमाडौं ४ मा गगन थापा विजयी



६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । यसअघि दुई पटक थापाले सोही निर्वाचन क्षेत्रबाट जित हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्