रामेछापमा कान्छारामको अग्रता कायमै, पछि परे ढुंगेल



६ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधि सभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्तारामले अग्रता कायमै राखेका छन् । उमाकुण्ड गाउँपालिकाका २८ सय २२ मतगणना हुँदा कान्छारामले १४३६ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार कैलाश ढुंगेलले ८८७ मत प्राप्त गरेका छन् । उमाकुण्ड गाउँपालिका स्थानीय तहको निर्वाचनमा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्