रामेछापमा मतगणना सुस्त, अहिलेकै अवस्थामा गतगणना भए अझै दुई साता लाग्ने



६ मंसिर, रामेछाप ।
रामेछापमा जारी मतगणना सुस्त देखिएको छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा निर्वाचन सम्पन्न भएको २४ घण्टापछि हिजो ११ बजेदेखि मतगणना सुरु भएको थियो । तर झण्डै २३ घण्टाको अवधिमा मुस्किलले ६ हजार मत पनि गणना हुन सकिरहेको छैन् । हाल प्रदेश क को उमाकुण्ड गाउँपालिकाबाट प्रदेश र प्रतिनिधिसभाको एक साथ मतगणना भइरहेको छ । रामेछापमा करिब ८८ हजार मत खसेको छ ।

अहिलेकै गतिमा मतगणना हुने हो भने अझै दुई साता लाग्ने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तत्काल थप्न नसक्ने जनाएको छ । हाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ, प्रदेशसभाको प्रत्यक्षतर्फ दुई वटा र प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फ दुई ठाउँमा गरी चार ठाउँमा मतगणना भइरहेको छ । राजनीतिक दलहरुले वडा अनुसार मतगणना गर्ने सहमति सर्वदलीय बैठकमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्