रामेछाप प्रदेश क मा शान्ति पौडेलको अग्रता कायमै, श्रेष्ठ पछ्याउदै



७ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क को जारी मतगणना रोचक बन्दै गएको छ । सुरुवाती अग्रता लिएका माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई गोकुलगंगा गाउँपालिकाको मतगणनाबाट पछि पारेका एमालेका शान्ति पौडेलले लिखु तामाकोसी गाउँपालिकाको केही वडाको मत गन्दा समेत अग्रता कायमै राखेका छन् । हालसम्म १९ हजार ७२ मत गणना हुँदा श्रेष्ठले ७०४४ र पौडेलले ७८९७ मत प्राप्त गरेका छन् । श्रेष्ठ भन्दा पौडेल पछिल्लो मत परिणाम अनुसार ८५३ मतले अघि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्