रामेछापमा मतान्तर बढाउदै कान्छाराम, ढुंगेल पछ्याउदै



७ मंसिर, रामेछाप ।
रामेछापमा जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले अग्रता बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका तामाङले गोकुलगंगा गाउ्रँपालिका, उमाकुण्ड गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको केही वडाको समेत मतगणना हुँदा अग्रता कायमै राखेका हुनु । प्रतिनिधिसभा तर्फ दुई दिनको अवधिमा १७९३१ मत गणना हुँदा कान्छारामले ८७०८ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार कैलाश ढुंगेलले ६७४८ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार कान्छाराम १९६० मतले अघि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्