४६६ मत आएपछि माफी माग्दै एकीकृत समाजवादीका उम्मेदवार वस्नेतद्धारा पार्टीबाट राजीनामाको घोषणा



७ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रमेश कुमार वस्नेतले ४६६ मत प्राप्त गरेपछि पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । एकीकृत समाजवादी रामेछापका पार्टी अध्यक्ष समेत रहेका वस्नेतले आफ्नो पार्टीलाई जनताले अस्वीकार गरेको भावुक पत्र लेख्दै उनले आजबाट पार्टीको साधारण सदस्य समेत नरहेको गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

केही समय अघि आफ्नो फेसबुकमा स्टाटस लेख्दै वस्नेतले भनेका छन–आज मैले अख्तियार गरेको राजनैतिक दलको जनताले अविश्वास गरेको प्रस्ट भयो,मेरो नेतृत्वमा रहेको एकीकृत समाजबादी पार्टी जनताबाट पूर्ण रूपमा अस्वीकार्य भएको र हाम्रा सदस्यहरु आम् जनताबाट पुर्ण रूपमा बिस्थापित भएको र मैले नेतृत्व गरेको पार्टी असफल भएको प्रमाणित भएकोलेआजैका मितिदेखि राजीनामा दिएर नगरिक जीवन बिताउन चाहेको जानकारी गराउदछु, मैले बिगत ४५ बर्षदेखि जानी नजानी गरेका भुलहरुप्रति क्षमा चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्