रामेछाप प्रदेश क मा कडा प्रतिस्पर्धा, थोरै मतले मात्र पौडेलको अग्रता, पछ्याउदै श्रेष्ठ



८ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क को चुनावी मत परिणाम रोचक बन्न पुगेको छ । गोकुलगंगा गाउँपालिकाबाट अग्रता कायमै राखेका एमालेका उम्मेदवार शान्ति पौडेलले लिखु तामाकोसी गाउँपालिका, मन्थलीको प्रदेश क मा पर्ने वडा र रामेछाप नगरपालिकाको दुई वटा वडाको मत गणना गर्दा समेत आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार पौडेलले १२६०८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले १२,०२४ मत प्राप्त गरेका छन् । पौडेलले ५८४ मतले अग्रता कायमै राख्दै आएका छन् । यता चुनाव जित्नेमा श्रेष्ठ भने अाशावादी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्