प्रतिनिधिसभामा कांग्रेसले ३२ सिट जित्दा एमालेले २० सिट जित्यो, समानुपातिक कुन दलले कति मत पाए ? (विवरणसहित)



८ मंसिर, काठमाडौं ।
प्रतिनिधिसभाको जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । १६५ निर्वाचन क्षेत्र अनुसार हालसम्म आएको परिणाम अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ३२ सिटमा जित हासिल गरेको छ भने २१ क्षेत्रमा अग्रता कायम गरेको छ । त्यसैगरी नेकपा एमालेले हालसम्म २० क्षेत्रमा निर्वाचन जित्दै २७ क्षेत्रमा अग्रता लिएको छ ।

माओवादीले हालसम्म ९ क्षेत्रमा जित हासिल गर्दा ८ स्थानमा अग्रता कायम गरेका छ । एकीकृत समाजवादीले ७ क्षेत्रमा जित हासिल गर्दै तीन क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ७ क्षेत्रमा जित हासिल गर्दै १ क्षेत्रमा अग्रता लिएको छ ।

समानुपातिकतर्फ भने नेकपा एमालेले ६ लाख बढी मत ल्याएको छ भने कांग्रेसले ५ लाख ७२ बढी मत ल्याएको छ । माओवादीले हालसम्म २ लाख ७८ हजार मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीले भने माओवादीको भन्दाबढी तीन लाख बढी मत प्राप्त गरेका छ । राप्रपाले १ लाख ६८ हजार बढी मत ल्याउदा एकीकृत समाजवादीले भने ४० हजार मात्र मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्