रामेछापमा कान्छाराम ४ हजार मतले अघि, पछि परे ढुंगेल



८ मंसिर, रामेछाप ।
रामेछापमा जारी प्रतिनिधिसभा सदस्यको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छाराम ४ हजार भन्दा बढी मतले अग्रता लिएका छन् । सुरुवात देखि नै अग्रता लिएका तामाङले आफ्नो अग्रता कायमै राखेका छन् । प्रदेश क अन्तर्गत हालसम्म ३३२३२ मतगणना हुँदा कान्छारामले १६४४२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले १२०५५ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार कान्छाराम ४३८७ मतले अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस्