रामेछापको प्रदेश क मा अन्तिम समयमा आएर गठबन्धनको अग्रता, पौडेललाई पछि पार्दै श्रेष्ठ जितको नजिक



९ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क को जारी मतगणना निकै रोचक बनेको छ । गोकुलगंगा गाउँपालिकाबाट अग्रता लिएका एमालेका उम्मेदवार शान्ति पौडेलले लिखु तामाकोसी गाउँपालिका, रामेछाप नगरपालिका र रामेछाप नगरपालिकाका दुई वटा वडासम्म आफ्नो अग्रता कायमै राखेका थिए ।

तर अन्तिम समयमा आएर गठबन्धनका साझा उम्मेदवार बनेका माओवादीका तारानारायण श्रेष्ठले अग्रता लिदै जितको नजिक पुगेका छन् । श्रेष्ठले पछिल्लो मतपरिणाम अनुसार १६७७३ मत प्राप्त गर्दा पौडेलले १४९७९ मत प्राप्त गरेका छन् । पौडेललाई श्रेष्ठले एक हजार ७९४ मतले पछि पारेका छन् । अब थोरै मात्र मत गणना गर्न बाँकी रहेकाले श्रेष्ठले जित्ने निश्चितजस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्