रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी



९ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । उनले एमालेका उम्मेदवार शान्ति पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरेर विजयी भएका छन् । संविधानसभा सदस्य समेत रहेका श्रेष्ठ गठबन्धनबाट साझा उम्मेदवार रहेका थिए । शान्ति पौडेलले १५ हजार १५७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्