रामेछापको प्रदेश ख मा मतगणना सुरु, युवराज चौलागाईको सुरुवाती अग्रता, घिसिङ पछ्याउदै



९ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क मा मतगणना सम्पन्न भएसँगै प्रदेश ख को मतगणना सुरु भएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुमबाट मतगणना सुरु भएको छ । ९०० मत गणना गर्दा प्रदेश ख बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाईले सुरुवाती अग्रता लिएका छन् । चौलागाईले ५३२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार मिलन घिसिङले २८६ मत प्राप्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा राकाथुम वडा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्