रामेछापमा कान्छाराम ७ हजार मतले अघि, खाँडादेवी गाउँपालिकाबाट मतान्तर घटाउदै ढुंगेल



९ मंसिर, रामेछाप ।
रामेछापको प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले सात हजार बढी मत ल्याउदै अग्रता कायमै राखेका छन् । प्रदेश क को साथै प्रदेश ख को खाँडादेवी गाउँपालिकाको ६ वटा वडाकाे ५१५१० मत गणना हुँदा कान्छारामले २५,९८८ मत प्राप्त गरेका छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलले भने १८,९०२ मत ल्याएका  छन् । प्रदेश क मा रहेको मतान्तरतलाई ढुंगेलले खाँडादेवी गाउँपालिकामा आएर साँघुरो बनाउदै लगेका छन् । ढुगेललाई ७०८६ मतले पछि पार्दै कान्छरामले आफ्नो अग्रता कायमै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्