रामेछापको प्रदेश ख मा चौलागाई र घिसिङबीच कडा प्रतिस्पर्धा



१० मंसिर, रामेछाप ।
रामेछापको प्रदेश सभा ख मा जारी मतगणना प्रक्रियामा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चोलागाई र नेकपा एमालेका उम्मेदवार मिलन घिसिङबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रदेश ख को खाँडादेवी गाउँपालिका र शैलुङ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा घिसिङले झिनो मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार घिसिङले १०३६५ मत प्राप्त गर्दा चौलागाईले ९९७० मत प्राप्त गरेका छन् । घिसिङले ३९५ मतले अग्रता लिएका छन् । हाल मन्थली नगरपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्