रामेछापमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा कान्छाराम विजयी



११ मंसिर, रामेछाप ।
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छाराम बिजय भएका छन् । निर्वाचन सम्पनन भएको ६ दिनपछि आज बिहान सम्पन्न मतगणना अनुसार कान्छाराम विजयी भएका हुन् । फराकिलो मतान्तर कायम राख्दै उनी विजयी भएका छन् । कान्छारामले १६ हजार ३ सय ६९ मतको फराकिलो मत ल्यिाएका जितेको हुन । तामाङले ४७ हजार ९८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्