रामेछापमा एमालेबाट पराजित भएका उम्मेदवारले दिए गठबन्धनका विजयी उम्मेदवारलाई बधाई (फोटो फिचर)



११ मंसिर, रामेछाप ।
नेकपा एमालेका पराजित उम्मेदवारहरुले गठबन्धनबाट विजयी उम्मेदवारहरुलाई बधाई दिएका छन् । निर्वाचनको परिणाम घोषणा भएसँगै एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कैलाश ढुंगेलले नेपाली कांग्रेसबाट विजयी पूर्णबहादुर तामाङलाई भेटेरै बधाई दिएका छन् ।

उनले विजयी तामाङलाई जिल्लाको विकास र हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका थिए । त्यसैगरी प्रदेश क बाट एमालेका उम्मेदवार बनेका शान्ति पौडेलले पनि प्रदेश क मा माओवादीबाट विजयी भएका तारानारायण श्रेष्ठलाई बधाई दिएका छन् । यसैबीच प्रदेख ख मा एमालेबाट उम्मेदवार बनेका मिलन घिसिङले पनि प्रदेश ख मा माओवादीबाट निर्वाचित भएका युवराज चौलागाईलाई भेटेर बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्