रामेछाप जिल्लाको विकासमा अझै प्रतिबद्ध भएर लाग्छुः कैलाश ढुंगेल



११ मंसिर, रामेछाप ।
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार कैलाश ढुंगेलले आगामी दिनमा अझै रामेछाप जिल्लाको विकासको लागि लाग्ने बताएका छन् । निर्वाचनमा पराजित भएपनि जिल्लाको समृद्धि र विकासका लागि आफू अहोरात्र रुपमा लाग्ने बताएका हुन् । एक विज्ञप्ती जारी गर्दै यउनले अथक प्रयास र प्रयत्न गरी आफूलाई गरेको माया,सद्भाब र जिल्लामा गरेको कामको मुल्यांकन गरिअमुल्य मत दिनु भएकोमा आभार प्रकट गरेका छन् ।
चुनावी अभियानमा अभाब र अफ्ट्यारो संग जुझ्दै दिनरात खटेर हिड्ने आफ्नो पार्टीका नेता, कार्यकर्ता समर्थक शुभचिन्तकप्रति उच्च सम्मान गर्दछु। लोकतान्त्रिक अभ्यास र राजनीतिक ब्यबहारमा उत्तेजना , आबेग र निरासको अर्थ हुन्न भन्नेकुरा हाम्रो पार्टी का नेता कार्यकर्ताहरुलाइ राम्रोसंग जानकारि भएकोले स्वभाबिक रुपमा राजनीति संस्कार हामीले देखाउनै पर्दछ, उनले भनेका छन, रामेछाप जिल्लाको समृद्धिको लागि मेरो पहलकदमिमा कुनै कमि रहने छैन, जनताले दिएको आदेश र मुल्यांकन मेरालागि सधै स्वीकार्य हुनेछन्। ढुंगेलले सत्ता गठबन्धनका उम्मेदवार पुर्ण बहादुर तामाङ निर्बाचित हुनुभएकोमा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

तथा धन्यवाद ज्ञापन ।

धन्यवाद तथा अभार !!!
आदरणीय रामेछापबासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरु हार्दिक नमस्कार !!!
भर्खरै सम्पन्न भएको निर्बाचनमा नेकपा( एमाले ) को प्रतिनिधिसभाको उम्मेदबार म कैलाश प्रसाद ढुंगेल लाइ तपाईहरुले अथक प्रयास र प्रयत्न गरि म प्रति गर्नु भएको माँया ,सद्भाब र जिल्लामा मैले गरेको कामको मुल्यांकन गरि मलाइ अमुल्य मत दिनु भएकोमा आभार प्रकट गर्दछु ।
रामेछाप जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न अहम भुमिका निर्बाह गर्नुहुने मुख्य निर्वाचन अधिकृत सहित सम्पुर्ण कर्मचारीहरु , सुरक्षा निकाय , नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
चुनावी अभियानमा अभाब र अफ्ट्यारो संग जुझ्दै दिनरात खटेर हिड्ने आफ्नो पार्टीका नेता- कार्यकर्ता समर्थक शुभचिन्तकप्रति उच्च सम्मान गर्दछु। लोकतान्त्रिक अभ्यास र राजनीतिक ब्यबहारमा उत्तेजना , आबेग र निरासको अर्थ हुन्न भन्नेकुरा हाम्रो पार्टी का नेता कार्यकर्ताहरुलाइ राम्रोसंग जानकारि भएकोले स्वभाबिक रुपमा राजनीति संस्कार हामीले देखाउनै पर्दछ ।
रामेछाप जिल्लाको समृद्धिको लागि मेरो पहलकदमिमा कुनै कमि रहने छैन, जनताले दिएको आदेश र मुल्यांकन मेरालागि सधै स्वीकार्य हुनेछन्।
सत्ता गठबन्धनका उम्मेदवार पुर्ण बहादुर तामाङ निर्बाचित हुनुभएकोमा उहाँलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
कैलाश प्रसाद ढुङ्गेल
प्रतिनिधि सभा उमेदवार नेकपा(एमाले )
रामेछाप

प्रतिक्रिया दिनुहोस्