आगामी पाँच बर्ष रामेछापको विकासका लागि इमान्दारितापूर्वक लाग्छुः कान्छाराम



११ मंसिर, रामेछाप ।
प्रतिनिधिसभाका लागि रामेछापबाट नवनिर्वाचित सांसद पूर्णबहादुर तामाङ कान्छारामले चुनावको क्रममा रामेछापवासी जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने बताएका छन् । निर्वाचित भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै उनले रामेछाप जिल्लाको विकास निर्माणको कामलाई तीब्रताको अघि बढाउन भूमिका निर्वाह गर्ने बताएका हुन् ।

जिल्लाको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर  पुरा गर्दै जाने बताउदै तामाङले जिल्लाको विकासका लागि प्रतिपक्ष दलको पनि साथ र सहयोग लिएर अघि बढने बताए । उनले भने,‘तेस्रो प्रयासपछि म रामेछापबाट प्रतिनिधिसभाको लागि सांसद भएको छु, पाँच बर्षे कार्यकालमा रामेछापको विकासमै केन्द्रत भएर लाग्नेछु ।’
रामेछाप जिल्लामा सत्ता गठबन्धन सफल भएको बताउदै गठबन्धनलाई मत दिएर विजयी गराउने रामेछापवासीलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्