प्रधानमन्त्री देउवाले दिए नवनिर्वाचित सांसद कान्छारामलाई बधाई



१५ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पूर्णबहादुर तामाङ कान्छारामलाई बधाई दिएका छन् । प्रधानमन्त्री भेटन वालुवाटार पुगेका तामाङलाई विजयी भएकोमा बधाई दिदै गठबन्धनलाई पनि जिताएमा धन्यवाद दिए । निर्वाचित भएपछि आफ्नै हेलिकोप्टर चढेर काठमाडौं आएका सांसद तामाङ राजनीति भेटघाटमा व्यस्त भएका छन् । नवनिर्वाचित सांसद तामाङले प्रधानमन्त्री देउवासँग समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए । उनले गठबन्धनलाई जिताउन सकेकोमा आफू खुसी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्