रामेछापको शैलुङ्गमा नयाँ जातको आलुको बिउ उत्पादन सुरु, अब उत्पादन दोब्बर हुने



१५ मंसिर, रामेछाप ।
रामेछाप जिल्लालाई आलुको बिउमा आत्मनिर्भर बनाउने अभियान अनुसार जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादनको प्रक्रिया सुरु भएको छ । आलु उत्पादन हुने क्षेत्रको रुपमा चिनिदै आएको शैलुङ्ग क्षेत्रमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन सुरु भएपछि किसान खुसी भएका छन् । शैलुङ्ग क्षेत्रको वृहत आलु खेती एव उत्पादनमा नयाँ परिवर्तन थप्ने काम नयाँ बिउ उत्पादनले गरेको शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता दावा शाङबु शेर्पाले रामेछाप न्युजलाई बताए ।

शैलुङ क्षेत्रमा परम्परागत रुपमा रहेको बिउलाई विस्थापित गर्दै नयाँ विउको खेती शुरुवाती हुने भएको भएको छ । स्क्रिन हाउसमा ल्याबमा उत्पादन गरेका इन्भिनट्रो प्लान्ट बैज्ञानिक बिधिबाट पिबिएस दाना रोजिटा जातको आलु पुनः नयाँ पुस्ताको बिउ उत्पादन गरेको हो । शेर्पाका अनुसार अव यस क्षेत्र लगायत अन्य जिल्लामा समेत नयाँ विउ प्रवाह गरी राज्यको उत्पादकत्व एवं आम्दानीमा टेवा पुग्नेछन । अब यस जातको आलुको विउबाट उत्पादन दोब्बर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्