रामेछापलाई धनी बनाउने लिखु नदी (फोटोफिचर)



१७ मंसिर, रामेछाप ।
रामेछाप र ओखलढुगा नदीको सीमाना हुँदै बहने लिखु नदी हाल २ सय मेगावाट भन्दा बढी जलविद्युत आयोजनाको काम अघि बढेको छ । केही आयोजना सम्पन्न भएको छ भने केही निर्माणाधिन अवस्थामा रहेको छ । केही बर्ष अघि मात्र सुनसान रहेको लिखु नदी कोरिडोरमा हाल धमाधम जलविद्युत निर्माणको काम अघि बढदा नयाँ आशा पलाएको छ । त्यसै बगेर खेर गइरहेको लिखु नदीबाट दुई सय मेगावाट भन्दा बढी जलविद्युत उत्पादन हुने विषयले रामेछापवासीलाई पनि उत्साहित बनाएको छ । उमाकुण्ड गाउँपालिका–१ गुम्देल हुँदै बहने लिखु नदी तामाकोसी नदीमा गएर मिसिन्छ ।
उमाकुण्ड गाउँपालिका–१ गुम्देलको उमातिर्थ क्षेत्रमा देखिएको लिखु नदी ।


तस्बीरः पुष्कर भट्टराईबाट

प्रतिक्रिया दिनुहोस्