रामेछापमा अटो दुर्घटनाः ५ जना गम्भीर घाइतेलाई अस्पताल पठाइयो



१८ मंसिर, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित हुन्दुरखोलामा अटो दुर्घटना भएको छ । गाउँपालिकाको पकरवासबाट सिन्धुली जिल्लातर्फ जादै गरेको ज १ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खस्न गई दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेहरुको उद्दार गरेर थप उपचारको लागि धुलिखेल अस्पताप पठाइएको छ ।

यी हुन घाइते हुनेहरुः
यी हुन घाइते
१.चालक –जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर–६ भोटेपानी बस्ने बर्ष ४३ को कुमार तामाङ
२.ऐ।ऐ।बस्ने बर्ष ७० को पदम बहादुर तामाङ
३.ऐ।ऐ।बस्ने बर्ष ६५ को राम बहादुर तामाङ
४.ऐ।ऐ।बस्ने बर्ष ३२ कि सम्झना तामाङ
५.ऐ।ऐ।वस्ने वर्ष १२ की सुस्मा तामाङ

प्रतिक्रिया दिनुहोस्