रामेछापमा एमालेबाट श्रेष्ठ र कार्की बने बागमती प्रदेशको सांसद



१९ मंसिर, रामेछाप ।
नेकपा एमाले रामेछापबाट दुई जना बागमती प्रदेश सभा सदस्य बनेका छन् । नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्न श्रेष्ठ र नेतृ माया कार्की बागमती प्रदेश सभा सदस्यमा मनोनित भएका हुन् । नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्द स्रूचि अनुसार समानुपातिक मतको आधारमा श्रेष्ठ र कार्की सांसदमा मनोनित भएका हुन् ।

खस आर्यको कोटाबाट कार्की र जनजातिको कोटाबाट श्रेष्ठ सांसद बनेका हुन् । श्रेष्ठ गत प्रतिनिधिसभाको लागि रामेछापबाट समानुपातिकको सूचिमा सिफारिस भएका थिए । तर सांसद बन्न सकेका थिएनन । प्रदेशसभा निर्वाचनमा यस पटक एमालेले रामेछापबाट २८ हजार ५ सय समानुपातिकतर्फ मत प्राप्त गरेका छ ।

प्रतिक्रिया दिनुहोस्