रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट



२१ मसिर, रामेछाप ।

रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भएर आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय जीवन बसेलको घर पूर्ण रूपमा क्षति भएको हो ।

विद्युत् मिटरमा करेन्ट सर्ट भई आगलागी भएको र आगलागीबाट घरभित्र राखिएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र सुनचाँदी जलेर नष्ट भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणि नेवारले बताए । उनका अनुसार आगलागीबाट करिब १० लाखबराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्